काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा बागलुङको गल्कोटमा सञ्चालनमा ल्याएको छ । बैंकले गल्कोट नगरपालिका–३ स्थित हटिया बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा १४३औं रहेको बैंकले जानकारी दिएको छ । सो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको छ । हाल बैंकको शाखा ५० जिल्लामा पुगिसकेको बताइएको छ ।