काठमाडौं । पहिले पहिले काठमाडौं उपत्यकामा धेरै ठाउँमा पिङ खेल्न पाइन्थ्यो । तर शहरी बस्ती बाक्लिँदै गएपछि अहिले एकाध ठाउँमा मात्रै पिङ हालेको देख्न पाइन्छ ।
केही समय अघिसम्म कालिमाटी, विष्णुमति किनार लगायतका ठाउँमा पिङ खेल्ने न्यूरोड क्षेत्रका स्थानीयहरू अहिले भने भूईं छोड्नको लागि कित कीर्तिपुर, कित भक्तपुर पुगिरहेका छन् ।
यस्तो अवस्था न्यूरोड, असनमा मात्रै होइन, बाक्लो शहरी वस्ती भएका हरेक ठाउँमा छ ।
तस्वीरमा हेर्नुहोस, काठमाडौंको धोबीचौरमा रहेको एउटा पिङमा रमाइरहेका युवाहरू ।
सबै फोटो : सुनिल शर्मा /आर्थिक अभियान