ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लघुबीमाका लागि ३१ कम्पनीको प्रस्ताव

२०७९ असोज, १४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लघुबीमा व्यवसाय सञ्चालन अनुमतिपत्रका लागि बीमा समितिमा ३१ ओटा कम्पनीको प्रस्ताव परेको छ । समितिले तीनओटा जीवन र चारओटा निर्जीवन गरी बढीमा सातओटा कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिन भदौ १० गते प्रस्ताव आह्वान गरेको थियो ।

समितिले आवेदनका लागि तोकेको अन्तिम दिन बिहीवार अपराह्नसम्ममा ३१ ओटा कम्पनीमध्ये १५ ओटाले जीवन र १६ ओटाले निर्जीवन बीमा व्यवसाय सञ्चालनका लागि प्रस्ताव पेश गरेको प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । मंगलवारसम्म सातओटा मात्र कम्पनीको प्रस्ताव परेकोमा बुधवार र बिहीवार थप २४ ओटा कम्पनीको प्रस्ताव परेको हो । 

आवेदन दिएका कम्पनीमध्ये अधिकांश लघुवित्त कारोबार गर्दै आएका बैंक तथा लघुवित्त वित्तीय संस्थाले प्रवर्द्धन गरेका रहेका छन् । समितिले लघुबीमा कम्पनीका लागि चुक्ता पूँजी कम्तीमा ७५ करोड रुपैयाँ हुनुपर्ने शर्त राखेको छ । पेश भएका प्रस्तावमध्ये बीमा समितिबाट तयार हुने मूल्यांकनका आधारमा उच्चतम अंक प्राप्त गर्नेलाई मात्र छनोट गरिने समितिले स्पष्ट पारेको छ । समितिले यसअघि बीमा कम्पनीहरूलाई आफ्नो कुल बीमामध्ये कम्तीमा १० प्रतिशत लघुबीमा गर्न निर्देशन गरेको थियो । तर, कम्पनीले यसमा चासो नदिएपछि समितिले लघुबीमा व्यवसाय गर्न छुट्टै कम्पनीलाई लाइसेन्स दिन लागेको हो । 

बीमाको पहुँच तल्लो वर्गसम्म पुर्‍याउन लघुबीमाको विस्तार आवश्यक रहेको र यसका लागि छुट्टै लघुबीमा कम्पनीलाई प्रवर्द्धन गर्न लागिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । सरकारले पनि चालू आर्थिक वर्षको बजेटमा विपन्न वर्गमा बीमाको पहुँच पुर्‍याउन लघुबीमा कम्पनी स्थापना गर्ने घोषणा गरेको थियो ।


आवेदन दिने कम्पनीहरू

नियोलाइट माइक्रो जनरल 
स्वदेशी लघु जीवन बीमा 
जानकी जीवन लघुबीमा 
नेपाल माइक्रो इन्स्योरेन्स 
गार्जियन माइक्रो लाइफ 
कर्णाली माइक्रो इन्स्योरेन्स 
एभरेस्ट माइक्रो इन्स्योरेन्स 
एक्सप्रेस माइक्रो इन्स्योरेन्स
ट्रस्ट माइक्रो इन्स्योरेन्स
माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स
अल्फा माइक्रो इन्स्योरेन्स 
उन्नति माइक्रो लाइफ इन्स्योरेन्स
उन्नति माइक्रो जनरल
लुम्बिनी लघु जीवन बीमा
मुक्तिनाथ जनरल 
मुक्तिनाथ लाइफ
गरिमा माइक्रो लाइफ
गरिमा माइक्रो जनरल
सिजी लाइफ 
सिजी इन्स्योरेन्स 
गण्डकी माइक्रो इन्स्योरेन्स 
स्टार माइक्रो इन्स्योरेन्स 
प्रोटेक्टिभ माइक्रो लाइफ
क्रेस्ट माइक्रो लाइफ
लिबर्टी माइक्रो लाइफ
श्री शक्ति लघुवित्त जीवन बीमा
केयर माइक्रो जनरल
अभियान लघु बीमा
हिमशिखर जीवन लघु बीमा
सुरक्षा लघु जीवन बीमा
स्वर्गद्वारी लघु जीवन बीमा
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)