काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले मानव सेवा आश्रममा भोजन गराएको छ । बैंककाे चितवन टाँडीस्थित केन्द्रीय कार्यालयले भरतपुर महानगरपालिका-२, नारायणगढ शाखाको आश्रममा आश्रितहरूलाई भोजन गराएकाे हो ।
‘२१ औं वार्षिकोत्सव मानव सेवामा समर्पित’ भन्ने मुल नाराका साथ भोजन गराइएको बैंकले जानकारी दिएको छ । बैंकका कार्यकारी अधिकृत पशुपति पौडेलले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा भाेजन गराएकाे बताए ।
कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत हृदयराज घिमिरेलगायत अन्य कर्मचारीको सहभागिता थियो ।