ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंका लागि कोसेली बनाउन भ्याइनभ्याई [फोटो फिचर]

२०७९ असोज, १५  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । दशैंमा घर जाँदै हुनुहुन्छ ? के कोसेली लिएर जाने त ? काठमाडौं शहरबाट आफ्नो घर फर्कने बेला सबैको मनमा यही विचार आउला । त्यही भावना अनुसार काठमाडौंको कालीमाटीस्थित एस एस फुड प्रोडक्टको मिठाई कारखानामा सुरज महर्जन तथा उनको परिवारलाई शहरको कोसेली स्वरुप पुस्टकारी, अ‍ैंठेमरी, लाखमरी आदि बनाउन  भ्याइनभ्याई छ ।

 

अरु समय ३/  ४ बट्टा मात्रै अर्डर गर्ने पसल, डिपार्टमेन्ट स्टोर तथा मार्टहरुले अहिले दशैंको समयमा २० भन्दामाथिको अर्डर गर्ने गरेको उनी बताउँछन्। २०७५ सालदेखि सञ्चालनमा आएको उक्त मिठाइ उद्योगका उत्पादनहरु पुस्टकारी, अ‍ैंठेमरी, लाखमरी, निम्की, अनरसा आदि काठमाडौं उपत्यका लगायत बागलुङ, सुर्खेत, नेपालगञ्जमा पनि राम्रो बजार लिएको छ  । साथै यी उत्पादनहरुले विदेशमा पनि राम्रो बजार पाएका छन्।

 

यहाँका सामानहरू ग्यापु अनलाइन तथा अन्य अनलाईनबाट पनि खरीद गर्न सकिन्छ । सुपथ तथा न्यूनतम मूल्यमा राम्रो सामान दिने उद्देश्य रहेकाले त्यति महंगो मूल्य राखिएको छैन । सबै सामानहरू लगभग प्रतिबट्टा २००/ ३०० रुपैयाँमा नै पाइन्छ। उत्पादन मितिदेखि ३ महीनासम्म प्रयोग गर्ने मिल्ने भएकोले दशैंतिहार जस्तो पर्वमा विक्री अत्यधिक हुने गरेको उनको भनाइ छ ।
तस्वीरहरु : सुनिल शर्मा /आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)