काठमाडौं। सानिमा बैंकले भक्तपुरको ठिमी र काठमाडौंको कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुवै शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक भरतकुमार पोख्रेलले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन समारोहमा मह जोडीले ठिमी र कपनमा सञ्चालनमा आएका शाखामार्फत विश्वसनीय बंैकिङ सेवा उपलब्ध हुने अपेक्षा व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले आफ्ना ग्राहक तथा सरोकारवालालाई गुणस्तरीय सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।