काठमाडौं । सानिमा बैंकले दशैं र तिहारको अवसरमा विशेष छूट योजना ल्याएको छ । बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा विशेष छूट पाइने बताइएको छ । सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा अधिकतम रू. १०० सम्मको छूट प्रदान गरिने बैंकको भनाइ छ । योजना २०७९ असोज १६ देखि २२ गते र कात्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरूमा मात्र लागू हुने बैंकको भनाइ छ ।