काठमाडौं । चितवनको सौराहामा सिभिल बैंकले एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएम बैंकको १०२औं रहेको बैंकले बताएको छ । एटीएमको उद्घाटन रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपकप्रसाद भट्टराईले संयुक्त रूपमा गरेका हुन् । एटीएमको उद्घाटनमा सो क्षेत्रका उद्योगी, व्यवसायीलगायतको उपस्थिति थियो ।