ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फूलपाती दशैंघरमा, टुँडिखेलमा बढाइँ [फोटो फिचर]

२०७९ असोज, १६  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । बडादशैंको अवसरमा सदाझै यसवर्ष पनि नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले फूलपातीको अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्ने गरेको छ ।

फूलपातीका दिन टुँडिखेलमा नेपाली सेनाको बढाइँ गरियो भने विशेष समारोहका साथ गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकास्थित दशैंघरमा प्रवेश गराइएको छ ।

 बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो  ।उक्त अवसरमा सेनाले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो । फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको थियो  । 

सेनाको बढाइँ टोलीले राइफलबाट विभिन्न पाटाहरुबाट छिटो लहरे, एकठ्ठा र दुर्गायन्त्र आकृतिसमेत बनाई बढाइँ गर्नुका साथै तोपबाट पनि बढाइँ गरेको थियो । यस्तै कार्यक्रममा नेपाली सेनाको महिला गुल्मसमेत सम्मिलित टोलीबाट मार्च पास प्रदर्शन गरिनुका साथै नेपाली सेनाको ब्यान्डबाट मालश्री धुन तथा दुर्गा भजनको धुनसमेत प्रस्तुत गरिएको थियो ।

कोभिड–१९ सङ्क्रमणका कारण अघिल्लो वर्ष साङ्केतिकरूपमा मात्रै फूलपाती बढाइँ गरिएको थियो ।  सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।   
तस्वीरमा हेरौं :

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)