ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तलेजु भवानी मन्दिर वर्षमा एक दिन खुला, दर्शनार्थीको भीड [फोटो फिचर]

२०७९ असोज, १८  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । बडादशैंको नवौं तथा अन्तिम दिन मंगलवार देवी दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदैैछ ।

घटस्थापनाका दिन आ- आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुला गरिने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन महानवमीको दिनमात्र खुला हुन्छ ।भक्तजनहरुले बिहानैदेखि लाम लागेर मन्दिरमा पूजापाठ तथा दर्शन गरिरहेका छन् ।

हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । महानवमीका दिन आ–आफ्ना सवारीसाधनको पूजा पनि गरिएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा बिहानैदेखि पूजाआजा गर्नेको भीड लागेको छ।

 

तस्वीरहरु  : सुनिल शर्मा/ अर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)