ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमेश्वरको मुख्य बजार क्षेत्रमा स्मार्ट सडक बत्ती

२०७९ असोज, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिकाको मुख्य शहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिएको छ । भीमेश्वर नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा नगरपालिकाको मुख्य शहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान सम्पन्न भएको हो ।

ठेक्का कबोल रकमको ६० प्रतिशत भीमेश्वर नगरपालिका र ४० प्रतिशत नेपाल विद्युत् प्राधिकरणको लगानीमा नगरपालिकाको मुख्य शहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिएको भीमेश्वर नगरपालिकाका इञ्जिनीयर सुरेश राउतले जानकारी दिए । स्मार्ट लाइट जडान गर्न भीमेश्वर नगरपालिकाले ५० लाख र नेपाल विद्युत् प्राधिकरणले ३३ लाख ३३ हजार रुपैयाँ ब्यहोरेको उनले बताए ।

नगरपालिकाको मुख्य बजार क्षेत्र चरीकोटका सिमपानी मानेडाँडा, चरीघ्याङ, बीचबजार, पुरानो बजार, ध्यावपानी, सातडोबाटे लगायत क्षेत्रका सडकमा स्मार्ट बत्ती जडान भएको छ । करीब ४ किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडान गर्न ४४ ओटा पोल गाडिएको भीमेश्वर नगरपालिकाकाले बताएको छ । ७५ स्थानमा २०० वाटका बत्ती जडान गरिएको छ । सातदोबाटे चोक तथा पशुपति मन्दिर आसपासमा भने १६ मिटर अग्लो पोलमा स्मार्ट बत्ती जडान गरिएको छ ।

बजार क्षेत्रभर जडान गरिएका बत्तीको नियन्त्रण गर्ने प्रणाली भीमेश्वर नगरपालिका र नेपाल विद्युत् प्राधिकरण दोलखा शाखामा रहनेछ । नियन्त्रण प्रणालीबाटै बत्ती बाल्ने तथा निभाउने कार्य हुने भीमेश्वर नगरपालिकाले बताएको छ । स्मार्ट बत्ती जडानपछि बजार क्षेत्रमा राति हिँडडुल गर्न सहज हुनुका साथै बजारमा चोरी, डकैती लगायत आपराधिक घटनाहरूमा कमी आउने अपेक्षा गरिएको छ । गत मंगलवार भीमेश्वर नगरका मेयर ईश्वरनारायण मानन्धरले सडक बत्तीको उद्घाटन गरेका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)