हालसालै भएको एउटा अनुसन्धानले स्मार्टफोन तथा ट्याब्लेटको टूल्सले धूमपान गर्ने मानिसको जाँच गर्न चिकित्सकलाई सघाउ पुग्ने देखाएको छ । यसले धूमपान गर्ने मानिसलाई तिनको बानीको आधारमा यसबाट छुटकारा पाउने उपाय बताउनसमेत सहयोग पु¥याउने देखिएको छ । उक्त अनुसन्धानका क्रममा नर्सहरूलाई सुर्तीजन्य पदार्थको जाँच गर्ने मोबाइल फोनबाट बिरामीसँग उनीहरूको धूमपान गर्ने बानीबारे जानकारी लिन लगाइएको थियो । कोलम्बिया युनिभर्सिटी स्कूल अफ नर्सिङले गरेको अध्ययनमा धूमपान गर्ने अधिकांश मानिसले आफूहरूले त्यसबाट छुटकारा चाहेको बताएका थिए । ‘अध्ययनमा देखिएको तथ्याङ्कअनुसार मोबाइल एप्लिकेशनले सुर्तीजन्य पदार्थको प्रयोगमा व्यापक कमी ल्याउन सघाउ मिल्ने देखिन्छ,’ अध्ययनका अगुवा तथा लेखक केनरिक काटो (कोलम्बिया युनिभर्सिटी स्कूल अफ नर्सिङका अनुसन्धान वैज्ञानिक)ले भने ।
अध्ययनले न्यूयोर्क शहरका क्लिनिकमा भएका सुर्तीजन्य पदार्थ सम्बन्धित १४ हजारभन्दा बढी नमूना केस सङ्कलन गरेको थियो । मोबाइल टूल्सको प्रयोग गर्दा स्क्रिनिङ (जाँच) तथा सल्लाह दिने कार्यले उल्लेख्य तीव्रता पाएको छ । मोबाइलको प्रयोगले जाँच तथा सल्लाह दिने सुविधाका कारण मानवीय सोचका कारण हुन सक्ने त्रुटि तथा चिकित्सकको असमान व्यवहारमा समेत कमी आउने अनुमान गरिएको छ । काटोले ओन्कोलोजी नर्सिङ फोरमको जर्नलमा यसबारे प्रकाशित गरेका छन् ।