ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ क्यापिटलको १०औं वार्षिकोत्सव सम्पन्न

२०७९ असोज, २६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको १०औं वार्षिकोत्सव सम्पन्न भएको छ । केही दिनअघि सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिका साथै सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र सिद्धार्थ क्यापिटलका अध्यक्ष मोहित केडियाले संयुक्त रूपमा उद्घाटन गरेका थिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले सिद्धार्थ क्यापिटल लिमिटेडलाई १० वर्षको सेवा पूरा गरेकोमा बधाई दिए । सिद्धार्थ क्यापिटलका अध्यक्ष केडियाले कम्पनीले आगामी दिनमा थप राम्रो गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सिद्धार्थ क्यापिटलको दशवर्षे यात्राका झलक प्रस्तुत गरिएको थियो । साथै नयाँ स्मृति चिह्न पनि विमोचन गरिएको कम्पनीले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)