ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पशुपति क्षेत्रमा सिभिल बैंकको कार्यक्रम

२०७९ असोज, २७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पशुपति क्षेत्रमा सिभिल बैंकले कार्यक्रम गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरूको संरक्षणका लागि २ सयओटा ‘ट्रीगार्ड’ उपलब्ध गराएको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजंग रायमाझीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापालाई उक्त ट्रीगार्ड हस्तान्तरण गरेका हुन् ।

बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षरोपणको सुरक्षाका लागि पशुपति विकास कोषलाई प्रदान गरेको ट्री गार्डको मूल्य करीब रू. ८ लाख रहेको बताइएको छ । सिभिल बैंकले पशुपति क्षेत्रको पार्किङ क्षेत्रमा ३ सयओटा ट्रीगार्ड सहितको बिरुवा लगाई सो बिरुवा हुर्काउन पाँच वर्षसम्म लाग्ने सबै खर्च समेत वहन गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)