ललितपुर । ललितपुरको पिम्बहाल पोखरीमा बोटिङ गर्दै स्थानीयहरू । यहाँ बोटिङ गर्न बयस्क व्यक्तिको ५० रुपैयाँ र बालबालिकाको ३० रुपैयाँ शुल्क लाग्छ । घना बस्तीकाे बीचमा रहेको यो मौलिक पोखरीलाई 'जग मदु पुखु' पनि भनिन्छ । जसको अर्थ 'संसारमै कहीँ नभएको पोखरी' भन्ने हो ।
यहाँ आजभोलि बिहानै देखि बेलुकैसम्म बोटिङ गर्न र घुमफिरको लागि मानिसहरूको भीड लाग्ने गरेको छ । साँझपख पोखरीमा झिलिमिलि बत्ती बालेर झनै मनमोहन बनाउने गरिएको छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान