ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोकिएन बालेन-सामपाङ दोहोरी : बालेनले ठेला हटाएकी महिलालाई सामपाङले १ महीनाको तलब दिने

२०७९ असोज, २८  
समाचार विविध र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरका मेयर हर्क सामपाङ राई बीचको दोहोरी अहिलेसम्म पनि रोकिएको छैन ।

मेयर निर्वाचित भएर पहिलोपटक सामपाङ काठमाडौं आउँदा फोहोर उठाउन नसक्ने भन्दै बालेनलाई कटाक्ष गरेका थिए । सामपाङको फेसबुक स्टाटसमा गएर बालेनले पनि सामपाङको चुनाव चिन्ह लौरो भएकाले त्यसकै सहयोगमा आफूले काठमाडौं महानगरमा चुनाव जितेको भन्दै कटाक्ष गरेका थिए ।

बालेनले त्यसपछि फेसबुकमा सामपाङलाई कटाक्ष गरेका छैनन् । तर सामपाङले भने बेला बेला बालेनलाई घोचिरहेका हुन्छन् ।

बिहीवार थापाथली अस्पताल अघि एक महिलाले चलाईरहेको ठेला काठमाडौं महानगरको टोलीले हटाएपछि उनी रोइरहेका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

शुक्रवार तिनै महिलाको फोटो फेसबुकमा पोस्ट गर्दै सामपाङले उनलाई १ महीना बराबरको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् 'यी बहिनी को हुन् ? यीनलाई एक महीनाको तलव पठाइदिने घोषणा गर्दछु । जय मान्छे !'

उनको यो निर्णय पनि बालेनप्रतिको कटाक्ष भएको बालेन समर्थकले आरोप लगाएका छन् ।

बालेन समर्थकले सामपाङलाई सहयोग गर्ने नै हो भने मिडियामा नआएका हजारौ यस्ता पात्रलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)