काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरस्थित कोशी अस्पताललाई तीन थान हेमोडायलासिस मेशिन सहयोग गरेको छ । बैंक सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई उक्त मेशिन प्रदान गरेका हुन् ।
अस्पतालमा आयोजित मेशिन हस्तान्तरण कार्यक्रममा भीम घिमिरे, सुरेश शर्मा, जगदीश प्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतान लगायत उद्योगी व्यवसायीको उपस्थिति थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, प्रदेश प्रमुख कमल बस्नेत लगायतका साथै अस्पतालका प्रतिनिधिहरू समेत उपस्थित थिए ।