ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरविवि मर्चेन्ट बैंकिङको वार्षिक साधारणसभा सम्पन्न

२०७९ कार्तिक, १  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी देवेन्द्ररमण खनालको अध्यक्षतामा सोमवार कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७ दशमलव ५ प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।

सभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैंकिङ सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोच रहेको बताए । सोहीअनुरूप रणनीति तयार गरी कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका नागरिकले पनि मर्चेन्ट बैंकिङ सेवा लिन सक्ने वातावरण बनाउनुपर्ने उनले बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूँजी रहेको कम्पनीले इस्यु म्यानेजमेन्ट, आरटीएस, पोर्टफोलियो  म्यानेजमेन्ट, अन्डरराइटिङ, डिपोजिटरी पार्टिसिपेन्ट लगायतको सेवा दिइरहेको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)