तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउने व्यस्तता बढेको छ । यस वर्ष माग धेरै भएकाले माटोका भाँडा बनाउने प्रजापति समुदायलाई भ्याइनभ्याइ भएको हो ।
यहाँ आकर्षक माटोको भाँडा बनाउने पोर्टरी स्क्वायरका सहदेव प्रजापति तथा विनोद प्रजापतिकाे पनि यही हालत छ। बजारको माग अनुसार परमपरागत मात्र नभई आधुनिक थरीको पाला बनाउनु पर्ने बाध्यता उनीहरूलाई छ। भक्तपुरमा माटोकाे अभाव भएकोले माटो किनेर पाला तथा अन्य सामानहरू बनाउनु परेको उनीहरूको भनाइ छ।
फोटो : सुनिल शर्मा/आर्थिक अभियान