ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंपछि ८ अर्ब १८ करोडले बढ्यो निक्षेप, ऋण विस्तार भने सुस्त

२०७९ कार्तिक, १  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दशैंपछिको १ सातामा वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप बढेको छ । दशैंमा बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकिङ प्रणालीमा फर्किन थालेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । 

संघका अनुसार असोज १५ देखि २१ गतेसम्ममा वाणिज्य बैंकहरूबाट ७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप घटेर ४५ खर्ब १० अर्ब ९७ करोड रुपैयाँ कायम भएको थियो । असोज २२ देखि २८ गतेसम्म भने पुन: बढेर ४५ खर्ब १९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । एक सातामा वाणिज्य बैंकमा निक्षेप ८ अर्ब १८ करोड रुपैयाँ बढे पनि उनीहरूको कर्जा प्रवाह ६२ करोडमात्रै बढेको छ ।

संघका अनुसार बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ९२ अर्ब ६२ करोडबाट बढेर असोज २८ गते ४१ खर्ब ९३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो साता भने कर्जा प्रवाह ४ अर्ब ७२ करोड रुपैयाँ घटेको थियो । 

दशैंका लागि नेपाल राष्ट्र बैंकले १६ अर्ब रुपैयाँ नयाँ खुद्रा नोट सटही गरी बजारमा पठाएको थियो । यसबाहेक थप ४० अर्ब रुपैयाँ बराबरको नोट बजारमा प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ । बजारमा गएको नगद विस्तारै निक्षेपबाट बैंकिङ प्रणालीमा फर्किने केन्द्रीय बैंकको भनाइ छ । 

असोज २८ गते बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६ दशमलव ९६ प्रतिशत कायम रहेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले सीडी रेसियो ९० प्रतिशतभित्र राख्नुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)