काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई शेयर कारोबार प्रक्रिया थप सहज बनाउने उद्देश्यले ‘थ्री इन वान’ खाता प्रणाली परिष्कृत गरेको छ । ग्राहकको सुविधालाई दृष्टिगत गर्दै बैंकले ‘थ्री इन वान’ खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता, ट्रेडिङ खाता, सी–आस्बा र मेरो शेयरको आवेदन पनि दिन सक्नेछन् । साथै, ‘थ्री इन वान’ पोर्टलको ड्यासबोर्डमा सहज र सरल प्रक्रियाका लागि अन्य जानकारी समेत दिइने बैंकले बताएको छ । सो खाता खोल्न ग्राहकले बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । खाता भइसकेका ग्राहकले समेत त्यसबाट सी–आस्बा र मेरो शेयरको सुविधा लिन सक्नेछन् ।