ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंकको लकर सुविधामा छूट योजना

२०७९ कार्तिक, २  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले लकर सुविधामा आकर्षक छूट योजना सार्वजनिक गरेको छ । बैंकले विशेष (महाबचत) खाता खोल्ने ग्राहकका लागि लकर सुविधामा आकर्षक छूट योजना ल्याएको हो । योजनाअन्तर्गत कात्तिक र मंसिरमा महाबचत खाता खोल्ने ग्राहकले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शतप्रतिशत छूट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकका दरबारमार्ग, पुतलीसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्की) शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको बैंकको भनाइ छ । हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने बैंकको योजना छ । योजना अन्तर्गत खोलिने महाबचत खातामा लकर सुविधामा आकर्षक छूटका साथै बचत खाताहरूमध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङ लगायत अन्य सुविधाहरू पनि रहेको बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)