ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशियाको सञ्चालकमा सर्वसाधारण शेयरधनीको तर्फबाट लम्साल नियुक्त

२०७९ कार्तिक, ३  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालकमा सर्वसाधारण शेयरधनी समूहबाट केशवप्रसाद लम्साल नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्षे अनुभव लिएका लम्साललाई बैंक सञ्चालक समितिको बुधवारको बैठकले सञ्चालकमा नियुक्त गरेको हो । उनलाई बुधवारदेखि नै लागू हुनेगरी सञ्चालकमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । लम्सालले बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट बुधवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । अर्थशास्त्र एवं बिजनेश एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर अध्ययन गरेका लम्साल राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हालै अवकाश भएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)