काठमाडौं । नबिल बैंकले ‘नबिल फोनलोन’को सीमा बढाएको छ । बैंकले विनाधितो दिँदै आएको फोनलोनको सीमा बढाउँदै २ लाख रुपैयाँ पुर्याएको हो । यसअघि बैंकले उक्त लोन १ लाख रुपैयाँ दिँदै आएको थियो । ‘फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाइएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । फोनलोन लिन योग्य समूहको दायरा पनि केही बढाइएको बैंकले जानकारी दिएको छ ।
अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरू पनि फोनलोनका लागि योग्य हुने बैंकको भनाइ छ । यसअघि बैंकमा तलबी खाता भएकाहरूले मात्रै सो किसिमको लोन पाउँदै आएका थिए ।