काठमाडौं । बिओके क्यापिटल मार्केटको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बसेको सभाले आव २०७८/७९ को वित्तीय विवरणहरू पारित गरेको कम्पनीले जानकारी दिएको छ । साथै आव २०७८/७९ मा सञ्चित मुनाफाबाट ५ दशमलव ७९ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाले आगामी आव २०७९/८० का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट कम्पनी ऐन, २०६३ बमोजिम सञ्चालनमा छ ।