काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै छ । यमपञ्चकको पहिलो दिन काग तिहार पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण हिजो (शनिवार) नै यमपञ्चक शुरु भएको हो ।
काग तिहारको दिन बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा परिकार खान दिइन्छ ।यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आई कराएमा 'शुभ बोल, शुभ बोल' भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन छ ।
तस्वीरमा हेर्नुहोस कागको जीवनचक्र :