ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक शहर वीरगञ्जमा तिहारको रौनक [फोटो फिचर]

२०७९ कात्तिक, ७  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । मधेशको मुख्य शहर वीरगञ्जमा तिहारको रमझम शुरु भएको छ । वीरगञ्जका बासिन्दा सोमवार साँझकोे लक्ष्मी पूजाको तयारीमा लागेका छन् । 

औद्योगिक तथा आर्थिक शहरको रुपमा पहिचान बनाएको यो क्षेत्रमा तिहारको विशेष रौनक हुने गर्दछ । बिहानैदेखि वीरगञ्जको मुख्य बजार आदर्शनगर, माइस्थानलगायतका स्थानलाई सिंगार्ने काम शुरु भइसकेको छ । 

सोमवार बिहानैदेखि बजारका विभिन्न स्थानमा पूजा सामग्रीको किनबेच भइरहेको छ । झिलीमिली बत्ती र दीपको पर्वको रुपमा मनाइने यो पर्वमा धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा आराधाना हुने गर्दछ । लक्ष्मीको पूजाले समृद्धि र सुख प्राप्ति हुने विश्वास रहेको पाइन्छ । 

तिहारलाई यसको लगत्तै आउने छठ पर्वको शुरुआतको रुपमा पनि लिइन्छ । नेपालको तराई मधेसमा छठ पर्व निकै निष्ठा र उल्लासपूर्वक मनाइन्छ । तिहारअघिदेखि नै छठको तयारी हुने गर्दछ ।

 हेरौं तस्वीरहरु :


तस्वीरहरु : ओमप्रकाश खनाल/ आर्थिक अभियान
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)