काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)ले चाडपर्वपछि पनि क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकले दशैं, तिहार, नेपाल संवत् ११४३ र छठमा आफ्ना ग्राहकलाई आवश्यक सरसामान खरीद गर्दा सुविधा दिने उद्देश्यले योजना सार्वजनिक गरेको थियो । हाल ल्याइएको योजनाअनुसार ग्राहकले मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी भुक्तानी कारोबार गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउने बैंकले बताएको छ । योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत पहिलोपटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकले प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० रुपैयाँसम्म फिर्ता पाउनेछन् । नगद फिर्ता योजना मंगलवार (कात्तिक १५ गते)देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।