ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘महालक्ष्मी बैंक २, ३, ४ को जादु’ योजना सार्वजनिक

२०७९ कात्तिक, १६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी बैंक २, ३, ४ योजना ल्याएको छ । बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ता ग्राहकका लागि ‘महालक्ष्मी बैंक २, ३, ४ को जादु’ योजना सञ्चालनमा ल्याएको हो । योजना अन्तर्गत महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महीनासम्म तीनओटा कारोबार गर्ने ग्राहकमध्ये भाग्यशाली चार ग्राहकले स्मार्टफोन प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । बैंकले उक्त योजना महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकलाई लक्षित गर्दै मंगलवारदेखि कार्यान्वयनमा ल्याएको हो । डिसेम्बर मसान्तसम्ममा योजना सञ्चालनमा रहने बैंकको भनाइ छ । ग्राहकले दुई महीनासम्म तीनओटा कारोबार गर्दा कारोबार रकम न्यूनतम रू. एक सय वा सोभन्दा माथि र कम्तीमा एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने शर्त राखेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)