ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तस्वीरमा हेर्नुहोस मंसिर ४ को चटारो, निर्वाचन आयोगमा जे देखियो [फोटो फिचर]

२०७९ कात्तिक, १६  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन आउन अब ३ हप्ता भन्दा कम समय मात्र बाँकी छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीमा निर्वाचन आयोग होमिएको छ ।

बुधवार निर्वाचन आयोगको कार्यालय कान्तिपथमा निर्वाचन सामाग्री ढुवानीको काम चलिरहेको थियो । आयोग परिसर जताततै निर्वाचन सामाग्रीले भरिएको छ । सामान ढुवानीका लागि दर्जनौ ट्रक तयारी अवस्थामा राखिएको छ भने ट्रकमा कामदारहरूले निर्वाचन सामाग्री लोड पनि गरिरहेका थिए ।

भारत सरकारले निर्वाचनका लागि भनेर नेपाल सरकारलाई सहयोगमा दिएको २०० थान गाडी २/३ दिनमै आइपुग्ने भएकाले आयोगले निर्वाचन सामाग्री ढुवानीलाई तीब्रता दिएको छ । उक्त गाडीहरू शुरूमा आयोग परिसरमा राखिने छन् । त्यसपछि निर्वाचन आयोग र प्रहरीलाई भाग लगाइने छ ।

अर्को तिर मतदाता शिक्षाको लागि राखिएको नमुना मतदानमा सहभागी हुनेहरू पनि थिए । आयोगले मत बदर नहुने गरी कसरी मतदान गर्न सकिन्छ भन्दै मतदातालाई शिक्षा पनि दिइरहेको छ ।

फोटोहरू : सुनिल शर्मा / आर्थिक अभियान

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)