ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन–३ मा लोकतान्त्रिक–वाम गठबन्धनको प्रतिबद्धता सार्वजनिक

सडक, कृषिदेखि स्वास्थ्य क्षेत्रसम्मको विषय समावेश

२०७९ कात्तिक, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवन निर्वाचन क्षेत्र नं ३ मा लोकतान्त्रिक–वाम गठबन्धनले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । जिल्लाको निर्वाचन क्षेत्र नं ३ को लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवारले बुधवार संयुक्त रूपमा प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा चितवनमा विकास र समृद्धिलाई स्थापित गर्नेगरी कार्यक्रम समावेश गरिएको उनीहरूले दाबी गरेका छन् । ठोरी–केरुङ राजमार्ग विस्तार सम्पन्न गरिने, मेघौली विमानस्थल स्तरोन्नति गरी सञ्चालनमा ल्याइने, भरतपुर र माडीका पुराना सडक कालोपत्र गरिने, नारायणी, राप्ती र रेवा नदी कटान क्षेत्रमा तटबन्धसहितको सडक सञ्जाल तथा पर्यटकीय क्षेत्रको विकास गरिने, भरतपुरमा बाह्य चक्रपथ निर्माण सम्पन्न गरिने, नारायणी र राप्ती नदी कटान नियन्त्रणका लागि तटबन्ध गरिने, घोसरघाट नारायणी नदी पुल निर्माण गरिने लगायत विषय प्रतिबद्धतापत्रमा समावेश छन् ।

कृषि तथा वन विश्वविद्यालय, रामपुरर्को  विकास गरी विदेशी विद्यार्थी आकर्षण गर्ने नीति निर्माण गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । यस्तै चितवनलाई प्रमुख शैक्षिक तथा मेडिकल हब बनाउने, प्रादेशिक पब्लिक विश्वविद्यालय स्थापनाको पहल गरिने, आधुनिक पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गरिने, एक वडा एक नमूना विद्यालयको नीति बनाउने विषय पनि प्रतिबद्धतापत्रमा समेटिएका छन् । साथै माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालयलाई प्रादेशिक स्तरको महाविद्यालय बनाइने, भरतपुर अस्पताललाई केन्द्रीय शिक्षण र बीपी कोइराला क्यान्सर अस्पताललाई ‘क्यान्सर एकेडेमी’ बनाउने उद्घोष गरिएको छ । मेडिकल विश्वविद्यालय स्थापना गर्न मेडिकल बोर्ड गठन गरिने, २८ ओटै वडामा नागरिकको घरदैलोमा मोबाईल अस्पताल सेवा सञ्चालन गरिने प्रतिबद्धतापत्र उल्लेख छ ।

यसैगरी उक्त निर्वाचन क्षेत्रमा सबै वडामा पर्यटकीय पूर्वाधार विकास गरिने, मेघौली–शुक्रनगर–जगतपुर, बघौडा–वसन्तपुर हुँदै शिवद्वारसम्म ‘सांस्कृतिक होम स्टे परिपथ’ निर्माण गरिने, एक सामुदायिक वन एक पर्यटकीय उधोग अवधारणा कार्यान्वयन गरिने लगायत विषय प्रतिबद्धतापत्रमा परेका छन् । सो निर्वाचन क्षेत्रमा शैक्षिक प्रतिष्ठानमा ‘कमाउँदै पढ्दै कार्यक्रम’ शुरू गरिने, एक वडा एक उद्यमशीलता कार्यक्रममार्फत युवालाई रोजगारी सृजना गरिने बताइएको छ । भूमिवीहिनलाई हाल बसोवास गरेकै क्षेत्रमा जग्गा धनीपुर्जा प्रदान गरिने वाचा गरिएको छ । यस्तै युवालाई खेलकुद मैदान र ज्येष्ठ नागरिकका लागि एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिने र कम्तीमा तीन स्थानमा बाल उद्यान निर्माण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

दलित समुदायको हितका लागि सांस्कृतिक अन्तरघुलन अभियान सञ्चालन र एक वडा एक बहुउद्देश्यीय दलित भवन निर्माणका लागि तहगत सरकारसँग समन्वय गरिने बताइएको छ । दलित, आदिवासी एवं सीमान्तकृत समुदायका युवालाई रोजगारीमा नीतिगत पहल लिने, फरक क्षमता भएका व्यक्तिलाई रोजगारी दिने र व्यवसायीलाई विशेष सम्मान तथा प्रोत्साहनको कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ  ।

शहीद परिवार, आन्दोलनका घाइते र बेपत्ता भएकाका छोराछोरीहरूलाई स्वास्थ्य, शिक्षा, रोजगार र यातायातका क्षेत्रमा थप सहुलियत सहित अग्राधिकारको व्यवस्था गरिने भनिएको छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै ‘मेड इन भरतपुर’ र ‘माडीको ब्रान्ड’ कार्यक्रम शुरू गरिने, कम्तीमा दुई ठाउँमा औद्योगिक क्षेत्र विस्तार गरिने, ठोरी नाकालाई नियमित पारवहनका विकास गरिने लगायत विषय प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)