ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा विकास बैंक र दराजबीच सम्झौता

२०७९ कात्तिक, १८  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कामना सेवा विकास बैंक र अनलाइन शपिङ प्लेटफर्म दराजबीच सम्झौता गरिएको छ । कामना सेवा विकास बैंकका ग्राहकलाई छूट दिने सम्बन्धमा दुई संस्थाबीच सम्झौता गरिएको हो । यही नोभेम्बर ११ मा बैंकका ग्राहकले दराजमार्फत सामान खरीद गर्दा छूट पाउने सम्झौतापत्रमा उल्लेख छ ।

दराजमार्फत सामान खरीद गरी बैंकको डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गरी सामान खरीद गरेमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्म छूट पाउने बैंकको भनाइ छ । त्यस्तै क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरेमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्म छूट पाइनेछ । छूट पाउन ग्राहकले आफ्नो कार्ड ई–कमर्श प्लेटफर्म सक्रिय गर्नुपर्नेछ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)