ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वसन्तपुरमा थाहा चिनाइँदै [फाेटाे फिचर]

२०७९ कात्तिक, १८  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । स्ट्यान्डमा फोटो राखिएका छन् । फोटोलाई सहभागीहरू नजिकबाट नियालिरहेका छन् । साइडमा रहेका स्वयंसेवकहरूले उनीहरूलाई फोटोबारे जानकारी दिँदैछन् । 

सामान्य अवस्थामा मानिसको आवतजावत भइरहने काठमाडौंको वसन्तपुर क्षेत्रमा शुक्रवार (आज) दिउँसो देखिएको दृश्य हो यो ।

अरु बेला घुम्न आउनेहरूको चहलपहल देखिने वसन्तपुर क्षेत्रमा आज भने फोटो प्रदर्शनी हेर्न आउनेहरूको चहलपहल थियो । 

प्रदर्शनीमा आउनेहरू युवा मात्रै थिएनन्, बालक पनि थिए । 

विद्यार्थीहरू पनि प्रदर्शनी अवलोकन गर्न पुगेका थिए । 

प्रदर्शनीमा आएकाहरूमध्ये कोही फोटोको फोटो खिँच्दै गरेका पनि देखिन्थे ।  

मकवानपुरको थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि वसन्तपुरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ । थाहा नगरपालिकाको आयोजनामा शुक्रवार (आज)बाट शुरु भएको प्रदर्शनीलाई ‘थाहा फोटो प्रदर्शनी २०७९’ नाम दिइएको छ ।

आइतवारसम्म चल्ने प्रदर्शनीमा थाहा चिनाउने १०० फोटोहरू राखिएका छन् । प्रदर्शनीमा थाहा नगरपालिकाको प्राकृतिक सुन्दरता, धार्मिक क्षेत्र, संस्कृति, सभ्यता, ग्रामीण जीवनशैली झल्कने फोटोहरू राखिएका छन् ।

 

थाहा नगरपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रमको समन्वय इन्द्रसरोवर गाउँपालिकाले गरेको छ । फोटोको माध्यमबाट ठाउँ चिनाइ पर्यटकलाई घुम्न आउन प्रेरित गर्ने उद्देश्यले प्रदर्शनी राखिएको थाहा नगरपालिकाले जनाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)