काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ वार्षिक प्रतिवेदन, सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गरेको छ । साथै, आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।