काठमाडौं । नुवाकोटको बट्टार बसपार्कमा लुम्बिनी विकास बैंकले टीभी राखेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बसपार्कमा टीभी जडान गरिदिएको हो । यात्रुलाई प्रतीक्षा समयमा मनोरञ्जन प्रदान गर्न बसपार्कमा टीभी सहयोग गरिएको बैंकले बताएको छ । बैंकको बट्टार शाखा कार्यालय प्रमुख विश्वम्भरमान सिंह डंगोलले विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठलाई ४३ इञ्चको एक थान रंगीन टीभी र डिस होमको उपकरण सेवा हस्तान्तरण गरेका हुन् ।