ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दराजको ११.११ अभियानका लागि नेपाल एसबिआई बैंकसँग सम्झौता

२०७९ कात्तिक, २०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । आगामी ११ नोभेम्बरमा दराज अनलाइन शपिङ प्लेटफर्मले मनाउने ११.११ अभियानका लागि नेपाल एसबिआई बैंकसँग सम्झौता गरिएको छ । बैंक र दराजबीच भएको सम्झौता अनुसार ११ नोभेम्बरमा बैंकका ग्राहकले दराज अनलाइनमार्फत कारोबार गर्दा छूट पाउनेछन् ।

ग्राहकलाई छूट दिनेसम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र दराजको विद्युतीय भुक्तानी तथा साझेदार विभागका प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । ग्राहकले नेपाल एसबिआई बैंकको डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गरी सामान खरीद गर्दा १५ प्रतिशत वा २५ सय रुपैयाँ छूट पाउनेछन् । कार्डमार्फत खरीद गर्न कार्डमा ई–कमर्श सक्रिय गराउनुपर्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)