ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु बैंकका ग्राहकलाई ‘होटेल तराई इन’मा छूट

२०७९ कात्तिक, २०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

रौतहट । रौतहटको चन्द्रपुरस्थित प्रभु बैंकको शाखाका ग्राहकलाई ‘होटेल तराई इन’ले छूट दिने भएको छ । बैंकका उक्त शाखाका ग्राहकले होटेल तराई इनका फुड तथा बेभरेजमा १० प्रतिशत र लजिङ सेवामा २५ प्रतिशत छूट पाउने भएका हुन् । त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ । सम्झौतापत्रमा बैंकका चन्द्रनिगाहपुर शाखा प्रमुख राजेश पोखरेल र होटेलका प्रबन्ध निर्देशक अमुल रानाले हस्ताक्षर गरेका छन् । सो होटेलका सेवामा छूट लिन चाहने प्रभु बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)