ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेप राख्न नपाउने व्यवस्था भए ब्याजदर घट्छ’

२०७९ कात्तिक, २१  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेप राख्न नपाउने व्यवस्था भए बैंक ब्याजदर घट्ने एक्सेल डेभलपमेन्ट बैंकले बताएको छ । पछिल्लो समय बैंकको बढ्दो ब्याजदरले मर्कामा परेको भन्दै व्यवसायीले विरोध गरिरहेका बेला बैंकले ब्याजदर घटाउन सकिने विभिन्न सुझाव दिएको हो ।

निक्षेपको लागत खर्च बढिरहेकाले १ वर्षभन्दा कम अवधिको मुद्दती निक्षेप राख्न नपाउने, १ वर्ष अवधि नपुग्दै उक्त मुद्दती प्रि–म्याच्युअर्ड गर्न नपाउने लगायत नीतिगत व्यवस्था गर्न सके बैंकको आधारदर घट्ने र ब्याजदर पनि कम हुने बैंकको भनाइ छ । पछिल्लो समय निक्षेप संकलनमा बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा रहेको भन्दै बैंकले त्यस्तो प्रतिस्पर्धा नगरी संकलित निक्षेपको लागत, भविष्यमा सृजना हुन सक्ने थप दायित्व, वर्तमान अवस्थामा निक्षेप परिचालनबाट प्राप्त हुने प्रतिफल र सम्भाव्य जोखिमलाई विश्लेषण गर्नु आजको आवश्यकता रहेको बैंकले उल्लेख गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)