ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यस्तो मतदान केन्द्र जहाँ कर्मचारी देखि सुरक्षाकर्मीसम्म सबै महिला, मतदाता मात्रै पुरुष !

२०७९ कात्तिक, २१  
समाचार विविध र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि विराटनगरस्थित एक मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला मात्रै खटिने भएका छन् ।

मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारीले निर्वाचन गराउने मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए । 

मुख्य निर्वाचन कार्यालय मोरङका अनुसार प्रतिनिधिसभा क्षेत्र नं ६ र प्रदेशसभा ६ (२) मा पर्ने उक्त स्थानमा रहेको मतदान स्थलमा तीन मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक  सुरक्षाकर्मी सम्पूर्णरुपमा महिला रहने जनाइएको छ ।

जिल्लामा रहेको ६ प्रतिनिधि र १२ प्रदेशसभामा निर्वाचनका लागि ३०६ मतदानस्थलमा ८३९ मतदान केन्द्रका लागि ८३९ मतदान अधिकृत र ८३९ नै सहायक मतदान अधिकृत गरी १ हजार ६ ७८ जना कर्मचारी  छनोट गरिएको छ ।

यसैगरी प्रत्येक मतदान केन्द्रमा पाँच जना सहायक र एक जना सहयोगी गरी जम्मा ५ हजार ३४ कर्मचारी रहने व्यवस्था गरिएको सूचना अधिकारी बुढाथोकीले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)