काठमाडौं । लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितिबीच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आबद्ध विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीहरूलाई दुर्घटना बीमा र स्वास्थ्य बीमा सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समिति अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरी, नेशनल प्याब्सन मधेश प्रदेश समिति सचिव जितेन्द्रप्रसाद यादव, सदस्यहरू मालती कुमाल, विजय यादव, वसन्त ढकाल, चन्दन यादव, पर्सा जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ, सचिव प्रमोद सहनी, कोषाध्यक्ष राजेश लिम्बु, सोनालाल पटेल, उत्तम गुप्ता लगायतको उपस्थिति थियो । बैंकले हाल देशका सातओटै प्रदेशमा ८६ ओटा शाखामार्फत कारोबार गर्दै आएको छ ।