ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११.११ मा छूट

२०७९ कात्तिक, २२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म दराजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छूट दिने भएको छ । ११ नोभेम्बरको अवसरमा दराज अनलाइनमार्फत सामान खरीद गर्दा बैंकका ग्राहकले उक्त छूट पाउने भएका हुन् ।

योजनाअन्तर्गत ग्राहकले बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरी दराज अनलाइनमार्फत सामान खरीद गर्नुपर्नेछ । कार्डमार्फत भुक्तानी गरी सामान खरीद गर्दा १५ देखि २० प्रतिशतसम्म छूट पाउनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा ३ हजार रुपैयाँसम्म छूट पाउने बताइएको छ । छूटका लागि बैंकको कार्डवाहक ग्राहकले दराज एपबाट ग्लोबल आइएमई बैंकको छूट भौचर लिनुपर्नेछ । योजना नोभेम्बर ११ देखि सीमित अवधिका लागि रहनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)