काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र अनलाइन शपिङ प्लेटफर्म दराजबीच डिजिटल पेमेन्ट पार्टनरशिप सम्झौता गरिएको छ । नोभेम्बर ११ को अवसरमा बैंकका ग्राहकले डिजिटल भुक्तानी गरी दराजमार्फत सामान खरीद गर्दा छूट उपलब्ध गराउने सम्बन्धमा दुई संस्थाबीच सम्झौता गरिएको हो । दराजमार्फत सामान खरीद गरी अनलाइनबाटै भुक्तानी गर्दा बैंकका ग्राहकले १५ प्रतिशतसम्म छूट पाउनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका डिजिटल पेमेन्ट पार्टनरशिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकले दराजमार्फत ११.११ को अवधिमा सामान खरीद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रू. २ हजार ५०० सम्म छूट पाउने बैंकले बताएको छ । उक्त छूट पाउन ग्राहकले आफ्नो कार्डमा ई–कमर्श सक्रिय गर्नुपर्नेछ ।