ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनउत्थान सामुदायिक लघुवित्तमा जागिरकाे अवसर

२०७९ कात्तिक, २२  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त माग गरेको छ । संस्थाले मंगलवार (आज) सूचना प्रकाशित गर्दै सीईओ पदमा दरखास्त खुलाएकाे हाे ।

उक्त पदमा दरखास्त दिन चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, माैद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्रलगायत विषयमा स्नातकाेत्तर उत्तीर्ण गरेकाे र बैंक तथा वित्तीय संस्था सामुदायिक बैंकसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षकाे अनुभव भएकाे हुनुपर्नेछ ।

यस्तै, स्नातक उत्तीर्ण गरेकाे उम्मेदवारका लागि भने बैंक तथा वित्तीय संस्था सामुदायिक बैंकसँग सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षकाे अनुभव मागिएकाे छ । दरखास्त दिने उम्मेदवारकाे उमेर भने २१ वर्ष पूरा भइ ५० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । 

याेग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनसम्म संस्थाको केन्द्रीय कार्यालय वा सूचनामा दिइएकाे इमेलमार्फत दरखास्त दिन सक्ने संस्थाले जनाएकाे छ । 

हेर्नुस् सूचना

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)