काठमाडौं । के तपाईं फुटबलको ‘डाई हार्ड’ फ्यान हुनु हुन्छ ? एक पटक कल्पना गर्नुहोस त- कसैले तपाईंलाई विश्वकप हेर्नको लागि खाने बस्ने देखि हवाई टिकटसम्म सबै निःशुल्क दिने अफर ल्यायो भने ...?
एकै पटकमा त तपाईं यस्तो अफरलाई विश्वासै गर्नुहुन्न । तर आयोजक देशले नै यस्तो अफर गर्यो भने चाहिं एकपटक पक्कै सोच्नुहुन्छ होला ।
हो यो अफर विश्व कपको आयोजक देश कतारले नै ल्याएको छ । उसले चुनिएका केही फ्यानहरूलाई एक सुको खर्च नगरी कतार विश्वकप देखाउने भएको छ ।
सित्तैमा पाए अलकत्रै खानेहरु टन्नै भेटिन्छन् । सित्तैमा विश्वकप हेर्न कतार जान पाए को चाँहि नजाला र ? न्यूयोर्क टाइम्समा छापिएको समाचारका अनुसार उद्घाटन समारोहमा गाउन र दुई हप्तासम्म बस्नका लागि मात्रै १ हजार ६०० दर्शक लगिनेछ । यिनीहरू सहभागी टोलीका देशका फ्यान हुनेछन् । हरेक सहभागी देशबाट ३० देखि ५० जनाका दरले समर्थकलाई कतार लगिनेछ । अन्य केही समाचामार भने हरेक देशबाट ५०/५० जना समर्थक लगिने पनि दाबी गरिएको छ ।
आयोजक देशले प्रतिस्पर्धी देशका फ्यानहरूलाई पैसा खर्च नगरीकन बोलाएको यो पहिलो पटक हो । आफ्नो बारे राम्रो भन्ने अनि दर्शकै नभएपनि आफैंले मान्छे ल्याएर भएपनि कतारले रंगशाला भर्न थालेको योे पहिलो पटक चाँहि होइन ।
यसमा आफूलाई फुटबलको विशुद्ध फ्यानको रुपमा देखाउन सक्नेलाई लगिने बताइएको छ । यसरी जानेहरूले एउटा करारनामामा हस्ताक्षर गुर्न पर्नेछ अनि करारमा भनिएका कुराहरू मान्नु पर्नेछ ।
आयोजकहरूले गाउ भनेको बेलामा गाउनु पर्नेछ, उनीहरूले जे हेर भन्छन् त्यहि हेर्नु पर्नेछ । अनि सबैभन्दा विवादास्पद कतारको आलोचना गरेर कोही फ्यानले सामाजिक सञ्जालमा गरेका पोष्टबारे जानकारी दिनु पर्नेछ ।
विवादास्पद भएपनि यो योजनामा हजारौं फूटबल फ्यानहरूले साइन अप गरेका छन् । यो अफर कतारले सेप्टेम्बरको अन्त्यतिर सार्वजनिक गरेको थियो । फिफा महासंघमा आवद्ध सबै देशका फ्यानहरूका लागि फ्यान लिडर कार्यक्रम ल्याइएको भनेर न्यूयोर्क टाइम्सको समाचारमा भनिएको भएपनि अन्य केही समाचारमा भने ५९ देशबाट ४५० भन्दा धेरै फ्यानहरुलाई लगिने उल्लेख गरिएको छ ।
दर्जनौ फ्यानहरु विश्व कप शुरु हुनु अघिको भ्रमणमा अहिले नै कतार गइसकेका छन् । यिनीहरूको पनि सबै खर्च प्रतियोगिताका आयोजकहरूले नै तिरेका हुन् । अरुले गरेको आलोचनायुक्त पोष्टबारे सूचित गर्नुपर्ने नियमका कारण केही सुपरफ्यानहरुले यो योजनामा सहभागी नहुने निर्णय गरेका समाचारहरू पनि आइरहेका छन् ।
कतारले सन् २०२० मा फ्यानहरुलाई आबद्ध गराउने कार्यक्रम शुरु गरेको थियो । आयोजक देशले प्रतिस्पर्धी देशका फ्यानहरूलाई पैसा खर्च नगरीकन बोलाएको यो पहिलो पटक हो । आफ्नो बारे राम्रो भन्ने अनि दर्शकै नभएपनि आफैंले मान्छे ल्याएर भएपनि कतारले रंगशाला भर्न थालेको योे पहिलो पटक चाँहि होइन । दोहामा भएको वल्ड ट्र्याक र फिल्ड च्याम्पियनशिपको बेलामा सन् २०१९ मा पनि उसले आप्रवासी कामदार र स्कुले विद्यार्थीहरू ल्याएर रंगशाला भरेको थियो ।
सबै खर्च बेहोरेर कतारले उद्घाटन समारोहमा गाउन भने करीब १ हजार ६०० जनालाई लैजादैछ । यसरी आउने फ्यानहरूले नोभेम्बर २० मा कतार र इक्वेडरबीचको खेल शुरु हुन अघि उद्घाटन समारोहमा प्रदर्शन गर्नु पर्नेछ ।
फ्यानहरूलाई इकोनोमी क्लासको टिकट दिइनेछ अनि प्रतियोगिता भर वा डिसेम्बर ४ सम्म बस्न दिइनेछ । यसबाहेक दैनिक २५० कतारी रियाल भत्ता पनि दिनेछ
आयोजकहरूले चयन गरेको फ्यानहरूले आ–आफ्नो देश विशेषको राष्ट्रिय गान वा गित गाउनु पर्नेछ । फ्यानहरूलाई इकोनोमी क्लासको टिकट दिइनेछ अनि प्रतियोगिता भर वा डिसेम्बर ४ सम्म बस्न दिइनेछ । यसबाहेक दैनिक २५० कतारी रियाल भत्ता पनि दिनेछ ।
कतार विश्व कप आयोजक समितिले गएको हप्ता मात्रै यो अफरमा आउनेहरूले प्रवद्र्धन वा केही गर्नु पर्ने बाध्यता नरहेको बताएका छन् । तर अफरको शर्तहरू एक एक केलाउँदा चाँहि छानिएका दर्शकहरुलाई तेस्रो पक्षको पोष्टहरु लाइक र शेयर गर्नु पर्ने देखिन्छ । कागजपत्र र करारका अनुसार दर्शकहरुलाई कतारको मुखबिर नै बन भनेर नभनिएपनि उनीहरूले प्रतियोगिता वा देशको अपमान गर्न वा अपेक्षा गर्न चाँहि फिटिक्कै नहुने देखिन्छ ।
फ्यानका नाइकेहरूले पालना गर्नु पर्ने आचारसंहितामा सामाजिक सञ्जालका पोष्टहरुमा नकारात्मक कमेन्ट छन् कि खोज्ने; अपमानजनक, मान मर्दन गर्ने अनि निन्दा गर्ने खालको कमेन्टहरु भेटेमा सोको स्क्रिनशट गरेर आयोजक समितिलाई पठाउनु पर्ने आदि कुराहरू उल्लेख गरिएको छ । नियमको उल्लंघन गर्नेहरूलाई यो कार्यक्रमबाट बर्खास्त गरिनेछ ।
यसरी आउने दर्शकहरू सबैभन्दा राम्रोमा विश्व कपका लागि स्वयम् सेवक हुने र खराबमा चाँहि आयोजक समितिको मुखबिर हुने भन्दै यूरोपभरका फुटबल फ्यानहरुको छाता संगठन फूटबल सपोर्टर यूरोपका कार्यकारी निर्देशक रोनन इभेनले भनेका छन् ।
विश्वकप आयोजना गर्ने जिम्मा कतारले पाएदेखि नै उसको आलोचना भइरहेका छन् । कहिले आप्रवासी कामदारहरुको चरम शोषण गरेको त कहिले मानव अधिकार उल्लंघन गरेको अनि कहिले भ्रष्टाचार कान्ड आदिको बचावमा कतार उत्रिएको छ । कतारमा एक महीनासम्म चल्ने प्रतियोगितामा १२ लाख आगन्तुकहरू आउने अपेक्षा गरिएको छ । एजेन्सीहरुको सहयोगमा