ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गेडागुडीका आकृति बनाएर मनाइने पर्व : '...त्यसपछि गहुँ, मकै र भटमासलाई अन्न मानियो'

२०७९ कात्तिक, २२  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । मंगलवार काठमाडौं, भक्तपुर र ललितपुरका धेरै ठाउँका मन्दिरहरूमा भुईं भरी गेडागुडी देख्नु भयो होला ।

झट्ट हेर्दा खानका लागि प्रयोग हुने अन्नहरू भुईंभरी छरिएको देख्दा 'यो के गरेको होला ?' भन्ने लाग्न सक्छ । तर, यो परापूर्व कालदेखि चल्दै आएको नेवार समुदायको ठूलो मध्येको एक पर्व हो । जसलाई सकिमना पूर्णिमा भनिन्छ ।

काठमाडौंको असनस्थित अन्नपूर्ण मन्दिर अगाडि, नयाँ सडकको पीपलबोट परिसरमा, मच्छिन्द्रबहाल, इटुम्बहाल लगायतका ठाउँमा पनि नेवार समुदायका मानिसहरू भुटेको अन्न, गेडागुडी, सखरखण्ड लगायतका वस्तुहरू राखेर विभिन्न आकृतिहरू बनाइ पूजा गरी रहेका थिए ।

यसरी गेडागुडीबाट बनाइने आकृतिलाई हलिमलि भनिन्छ। हलिमलि प्रदर्शनपछि भजनकीर्तन गरीन्छ । पूजा सकेपछि हलिमलिमा सजाइएको गेडागुडी प्रसाद स्वरूप सबैलाई बाँडिन्छ।

कार्तिक शुक्ल पूर्णिमाको दिन उपत्यकाका तीन ओटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा नेवार समुदायले विशेष रूपमा सकिमना पूर्णिमा (सकिमिला पुन्हि) मनाउने गर्छन्।

संस्कृतिविदका अनुसार परापूर्वकालमा नेपालमा अनिकाल परेर धानको बीउ समेत नपाइएपछि गहुँ, मकै, भटमास जस्ता अन्न पनि खान हुन्छ भन्ने सन्देश दिने उद्देश्यले कात्तिक शुक्ल पूर्णिमाको दिन यस्तै विभिन्न अन्नबाट देवदेवीको चित्र बनाई पछि त्यही अन्न प्रसादको रुपमा खाने चलन बनेको हो ।

फोटो : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)