ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा पहिलोपटक खुल्यो 'पम्प ट्र्याक': काठमाडौंमै बसेर हिमाली एड्भेन्चरको अनुभूति [फोटो फिचर]

२०७९ कात्तिक, २३  
र यो पनि फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । साइक्लिङ पारखीहरूले अब काठमाडौंमै एड्भेन्चर ट्रेलको अनुभूति लिन पाउने भएका छन् । पहाडी र हिमाली भेगका ट्रेलहरूमा साइक्लिङ गर्ने रहर भएका साइकल पारखीको लागि काठमाडौंमा नै 'पम्प ट्रयाक' खोलिएको छ ।

साइक्लिङ गर्ने जो कोहीलाई पहाडी र हिमाली भेगका ट्रेलहरूमा साइकल चलाउने ठूलो रहर हुन्छ । त्यो रहरलाई नेपाल बाइसाइकलले काठमाडौंमै पूरा गरिदिएको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर १ कुपन्डोलमा पर्ने बाग्मती किनारमा नेपालको पहिलो पम्प ट्रयाक सञ्चालनमा आएको हो । ललितपुर महानगरपालिका १ मा रहेको बागमति किनारमा करीब १००० स्क्वायर मिटर क्षेत्रफलमा ट्र्याक निर्माण गरिएको छ । पम्प ट्रयाक मात्रै भने ५०० स्क्वाय मिटरमा निर्माण भएको नेपाल बाइसाइकलका अध्यक्ष राज ज्ञवालीले बताए ।

उनका अनुसार नेपाल बाइसाइकलको संयोजनमा स्वीस कम्पनी भेलो सोलुसना प्राविधिकहरूको निर्देशनमा पम्प ट्र्याक तयार गरिएको हो । भेलो सोलुसनले विश्वका धेरै मुलुकमा 'पम्प फर पीस' अभियान चलाइरहेको छ । त्यहि अभियान अन्तर्गत नेपालमा पनि यो ट्र्याक निर्माण गरिएको हो ।

एडभन्चर ट्रेलको अनुभव लिन साइकल पारखीहरूको लागि यो ट्र्याकले धेरै सहयोग गर्ने विश्वास लिइएको छ । पम्प ट्र्याक निर्माण भइसकेको कारण बुधवार अपरान्ह साइकल राइडरहरू तथा स्केट राइडरहरूको भीड नै लागेको थियो ।

तस्वीरहरू : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)