काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले च्याटबट सेवा ‘सिटिजन्स साथी’ शुरू गरेको छ । बैंकले आफ्ना सेवा डिजिटल माध्यममार्फत उपलब्ध गराउन जोड दिँदै वेबसाइटमार्फत च्याटबट सेवाको शुरुआत गरेको हो । उक्त सेवामार्फत ग्राहकले कुनै पनि बैंकिङ सेवाहरू प्राप्तिका लागि अनुरोध गर्न सक्ने बैंकको भनाइ छ । साथै ग्राहकले बैंकिङ सेवासम्बन्धी जिज्ञासाका लागि सो प्लेटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुरा गर्न सकिने बैंकले जानकारी दिएको छ ।