काठमाडौं । हिमालयन बैंक र अनलाइन शपिङ प्लेटफर्म दराजबीच सम्झौता गरिएको छ । हिमालयन बैंकका ग्राहकले दराज अनलाइनबाट सामान खरीद गर्दा छूट दिने सम्बन्धमा दुई संस्थाबीच सम्झौता गरिएको हो । बैंकका ग्राहकले नोभेम्बर ११ को अवसरमा दराजले सञ्चालन गरिरहेको ११.११ अभियानमा छूट पाउनेछन् । सम्झौता अनुसार बैंकका ग्राहकले २५ कात्तिकदेखि दराजमार्फत सामान खरीदमा १५ प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्म छूट पाउने बताइएको छ । बैंकको डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्म छूट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. ३ हजारसम्म छूट पाउने बैंकले जानकारी दिएको छ । छूट पाउन ग्राहकले आफ्नो ई–कमर्श सक्रिय गर्नुपर्नेछ ।