काठमाडौं । विश्व खाद्य कार्यक्रमकाे नेपालस्थित कार्यालयले विभिन्न ५ पदमा कर्मचारी माग गरेको छ ।
कार्यालयले आज एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी प्राेग्राम पाेलिसी अफिसर, लजिस्टिक एसिस्टेन्स, बिजनेस सपाेर्ट एसिस्टेन्स, आईटी अपरेशन अफिसर र चालक पदमा १-१ जना कर्मचारी माग गरेकाे हाे । यी कर्मचारी नेपालका विभिन्न क्षेत्रका लागि माग गरिएकाे सूचनामा उल्लेख छ ।
याेग्यता पुगेका इच्छुक उम्मेदवारले आगामी मङ्सिर १ गते (नाेभेम्बर १७) सम्म सूचनामा दिइएकाे वेबसाइटबाट आवेदन दिन सक्नेछन्। तर, आईटी अपरेशन अफिसरका लागि दरखास्त दिने समय मङ्सिर ५ (नाेभेम्बर २१) सम्म ताेकिएकाे छ ।
सूचनामा याेग्य महिला र असक्षमता भएका उम्मेदवारलाई आवेदनका लागि प्राेत्साहन गरिएकाे छ ।
हेर्नुस् सूचना