ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११.११ का लागि दराजसँग सानिमा बैंकको सहकार्य

२०७९ कात्तिक, २५  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । नोभेम्बर ११ को अवसरमा दराजले सार्वजनिक गरेको अफरमा सानिमा बैंकले सहकार्य गर्ने भएको छ । त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले दराजमार्फत सामान खरीद गर्दा छूट पाउनेछन् ।

सानिमा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरी सामान खरीद गर्दा ३ हजार रुपैयाँसम्म छूट पाइने सम्झौतामा उल्लेख छ । ग्राहकले डेबिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्म छूट पाउनेछन् । त्यस्तै बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा ३ हजार रुपैयाँसम्म छूट पाउने बताइएको छ । योजना आज (शुक्रवार) देखि मङ्सिर १ गतेसम्म रहनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)